मलेसियाका ६५० बढी ठाउँमा नेपालको पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुने

काठमाडौँ - नेपालको पर्यटकीय क्षेत्रको प्रचारप्रसार अब मलेसियाका ६५० बढी ठाउँमा हुने भएको छ । नेपाल पर्यटन बोर्डले मलेसियाको ठूलो चेन भएको केके सुपरमार्टसँग सम्झौता गर्दै त्यहाँका ६५० बढी ठाउँमा नेपालका पर्यटकीय क्षेत्रको प्रचारप्रसार सामग्री प्रसारण हुने भएको हो ।
केके सुपरमार्ट मलेसियाको ठूलो चेन मार्ट हो । जहाँ लाखौँ ग्राहक किलमेलका लागि पुग्ने गरेका छन् । मलेसियाका ६५० भन्दा बढी ठाउँमा शाखा विस्तार गरेको केके सुपरमार्टले छिट्टै कम्तीमा एक हजार वटा आउटलेट खोल्ने महत्वाकांक्षा राखेको छ ।
नेपाल पर्यटन बोर्डले मलेसियाका ठूलो चेनमार्ट केके सुपरमार्टसँग नेपालका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने सम्झौता गरेको छ । बुधबार मलेसियामा नेपाल पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मी र मलेसियाका सुपरमार्टका दतुक श्री डा.केके चाईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार केके सुपरमार्टले आफ्नो सबै आउटलेटहरूमा नेपालका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि भिडियो तथा फोटो प्रदर्शन गर्नेछ । यसका लागि बोर्डले केके सुपरमार्टलाई नेपालका पर्यटकीय क्षेत्रबारे बनाइएको भिडियो तथा फोटो उपलब्ध गराउनेछ ।
केके सुपरमार्टले आफ्नो डिजिटल बोर्ड तथा फ्लेक्समा नेपालका पर्यटकीय क्षेत्रको फोटो तथा भिडियो राख्नेछ । जसकारण किनमेल गर्न आउने हजारौँ ग्राहकले अब नेपालका सुन्दर पर्यटकीय क्षेत्र हेरेर नेपाल घुम्न आउन सक्नेछन् । मलेसियाका धेरै पर्यटक थाइल्याण्ड, युरोप र अमेरिका पुग्ने गरेका छन् । नेपालमा उनीहरू कमै आउने गर्छन् ।
नेपालको हिमाल, पहाड तथा तराईमा रहेका सुन्दर पर्यटकीय गन्तव्यका बारेमा थाहा पाएपछि उनीहरू नेपाल आउने बोर्डका सीइओ डा.रेग्मीको भनाई छ । ‘नेपालका पर्यटकीय ठाउँहरू सुन्दर छन् । युरोप अमेरिकाभन्दा पनि राम्रा र विशेष खालका पर्यटकीय गन्तव्य नेपालमा छन्’ बोर्डका सीइओ डा.रेग्मीले टेलिफोनमा भने, ‘यसका लागि मलेसियाका पर्यटनमन्त्रीसहित ठूलो स्केलमा मानिसहरूले किनमेल गर्ने केके सुपरमार्टसँग सम्झौता गरेका छौँ ।
यो सम्झौता र प्रचारले अब नेपालमा मलेसियाका पर्यटक बढ्छन् ।’ डा.रेग्मीसँगको कुराकानीमा मलेसियाका पर्यटनमन्त्री किङ सिङले वार्षिक एक लाख पर्यटक नेपाल घुम्न जाने बताएका छन् । यसका लागि आफूले वातावरण मिलाउने मलेसियाका पर्यटनमन्त्रीले बताएका छन् ।
सन् २००१ मा स्थापना भएको केके सुपरमार्ट मलेसियाको ठूलो चेन मार्ट हो । जसका लाखौँ ग्राहक छन् । आगामी दिनमा ग्राहकहरूले प्रत्यक्ष हातमा नै नेपालका पर्यटकीय क्षेत्रको फोटो तथा विशेष सामग्री पाउने गरि बोर्डसँग सम्झौता हुने पत्रमा उल्लेख छ ।
नेपालका पर्यटकीय क्षेत्रको भ्रमण प्याकेज ‘नेपाल सेल्स मिसन’ लिएर बोर्डका सीइओ डा.रेग्मीसहित नेपालका पर्यटन व्यवसासीसहितको टोली मलेसिया पुगेको हो ।
टोलीले क्वालालाम्पुर र पेनाङमा नेपाल सेल्स मिसन अन्तर्गत कार्यक्रम पनि सम्पन्न गरेको छ । टोलीमा पर्यटन बोर्डका सीइओ रेग्मी, पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, पर्यटन व्यवसायी, नाट्टाका महासचिव कुमार थपलिया, नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल लगायत छन् ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया