बुधबार ०७ साउन, २०८२
Wednesday, July 23, 2025

शपथ खाएर संघीय संसद् पुगे 'नाति जर्नेल'

फाइल फोटो

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको शपथ ग्रहण गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबरा संघीय संसद् सचिवालय पुगेका छन् । 

उनले त्यहाँ पुगेर संघीय संसद्का महासचिव भरत गौतमलगायत अधिकारीहरूलाई भेटेका हुन् । 

संसद् सचिवालयले जबरालाई ज्येष्ठ सदस्यका रूपमा स्वागतसमेत गरेको छ । बिहीबार राणाले प्रतिनिधिसभाका सबै सांसदलाई शपथ खुवाउने कार्यतालिका छ ।