संसद अधिवेशन आह्वानपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्छः प्रवक्ता पाण्डे

काठमाडौँ - संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताएका छन् ।
.
बुधवार सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । प्रवक्ता पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिन भित्र सम्पन्न गर्ने गरी कानुनमा व्यवस्था भएकाले सोही अनुसार संसद सचिवालयले एजेण्डाहरु अघि बढाउने बताए ।
उनले संसद भवनमा १ बजेका लागि नवनिर्वाचित सांसदहरुको शपथग्रहण हुने बताए । उनले बानेश्वरको आइसीसी हलमा सांसदहरुको शपथग्रहण ज्येष्ठ सदस्य पशुपति समशेर जबराले गराउने बताए ।
उनले मातृ भाषामा शपथग्रहण गर्न चाहने सांसदहरुले पूर्व सूचना दिएपछि मात्रै मातृभाषामा शपथग्रहण गराइने बताए ।
प्रवक्ता पाण्डेले शपथग्रहणपछि संसदमा सहभागी राजनीतिक दलहरुले संसदीय गतिविधिहरु औपचारिक रुपमा अघि बढाउन सक्ने पनि बताए ।

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया