धोबिखोला करिडोरमा अवैध संरचना भत्काउँदा सवारी आवागमन प्रभावित

काठमाडौँ - धोबिखोला करिडोर क्षेत्रमा रहेका अनधिकृत संरचना भत्काउँदा काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ । काठमाडौं महानगरपालिकाले बुधबार मदन भण्डारी कलेज नजिकदेखि मैतीदेवीसम्म रहेका अनधिकृत संरचना हटाउन डोजर परिचालन गरेकाले सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको हो ।
यस्तै हनुमानस्थान भाटभटेनीदेखी मैतीदेवीसम्म भने सडक पिचको काम भइरहेकाले सवारी व्यवस्थापनमा थप समस्या देखिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार हनुमानस्थान थापागाउँ हुँदै चल्ने ठूला सवारी साधनलाई भने माइतीघर हुँदै सञ्चालन गराइएको छ ।
यसबाहेक कोटेश्वर, नयाँबानेश्वर, केशरमहल, लैनचौर, सिंहदरबार, पुतलीसडक, नारायण गोपालचोक, चाबहिल, गौशाला, सातदोबाटो र ग्वार्कोमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको जनाइएको छ ।

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

प्रतिक्रिया