प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ आज

काठमाडौँ – प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूको आज शपथ ग्रहण गर्दै छन् । बानेस्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले दिउँसो १ बजे सांसदहरूलाई शपथ गराउने संसद् सचिवालयले जनाएको छ ।
ज्येष्ठ सदस्य पशुपति समशेर जबराले सांसदहरूलाई शपथ गराउने संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका थिए ।
उनका अनुसार सांसदहरूले मातृ भाषामा समेत शपथ ग्रहण गर्न पाउने छन् । तर त्यसका लागि पूर्ण सूचना दिनुपर्ने उनले बताए ।‘प्रतिनिधि सभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथग्रहण गर्नुभएको छ । आज (बिहीबार) १ बजे प्रतिनिधि सभाका सम्पूर्ण सदस्यज्यूहरूका लागि शपथग्रहण कार्यक्रम आयोजना गरेका छौँ,’ उनले भने, ‘ज्येष्ठ सदस्यले शपथग्रहण गराउनु हुनेछ । शपथग्रहणका लागि नेपाली भाषामा लेखिएको प्रमाणपत्रको शपथको व्यहोरा सहितको पत्र उपलब्ध गराउनेछौँ । शपथग्रहणको लागि पूर्व सूचना दिएर मातृ भाषामा शपथग्रहणका लागि अनुवाद गरेर उहाँहरूले आफ्नो भाषामा ल्याउनुभएको छ । त्यसलाई पनि हामीले समावेश गर्नेछौँ । मान्यज्युहरूले आफ्नो मातृ भाषामा पनि शपथग्रहण गर्न सक्नुहुन्छ ।’
२०७४ सालको प्रतिनिधिसभा सदस्यहरूलाई महन्थ ठाकुरले शपथ ग्रहण गराएका थिए । निर्वाचित सांसदमध्येका जेष्ठ सदस्यले शपथ खुवाउने प्रावधान छ ।

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया