मानवअधिकार चलचित्र महोत्सवमा ‘फोर नाइट्स’ र ‘आइरन डिगर’ उत्कृष्ट

काठमाडौं - १० औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाल पानारोमातर्फ दिपक रौनियार निर्देशित फिल्म ‘फोर नाइट्स’ उत्कृष्ट फिक्सन फिल्म घोषित भएको छ । त्यस्तै डकुमेन्ट्री विधातर्फ अनिल बुढामगर निर्देशित ‘आइरन डिगर’ उत्कृष्ट ठहरियो । यी दुई फिल्मले अवार्डसहित जनही ५० हजार नेपाली रुपैयाँ हात पारेका छन् ।
बगंलादेशी निर्देशक जुबोराज सामिमको फिल्म ‘द इन्सटिन्क्ट’ अन्तर्राष्ट्रिय फिक्सन विधातर्फ उत्कृष्ट भयो । त्यस्तै अन्तर्राष्ट्रिय नन–फिक्सन प्रतिस्पर्धातर्फ फिनल्यान्डका निर्देशका निर्देशक लिरिस हेर्माको डकुमेन्ट्री ‘सेपहर्डस अफ द अर्थ’ उत्कृष्ट ठहरियोे । यी दुई फिल्मले अवार्डसहित नेपाली ५० हजार रुपैयाँ हात परेका छन् ।
त्यस्तै महोत्सवमा सम्राट खनाल निर्देशित फिल्म ‘थ्रु द सिंगिंग भिलेजेज एण्ड डेथ्स् अन एक्सप्लेन्ड’, पिंकी श्री रानामगरको ‘हजुर’, रुसी फिल्ममेकर डेर्या डेनिजको हेजा(स्टे«न्थ), टर्किस् फिल्ममेकर सेरहत कारास्लान्टको ‘द क्रिमिनल्स’, जर्मनको फिल्ममेकर सेन्गिज अकेगनका ‘आयसा’ र अमेरिकी फिल्ममेकर किरा डेन तथा काटोल्यन रोबेलोको संयुक्त निर्देशन बनेको ‘मिजुको’ ले विभिन्न विधामा स्पेसल मेन्सन अवार्ड पाएका छन् ।
महोत्सवको १० औं संस्करणमा २५ देशका ६४ फिल्म प्रदर्शन गरियो । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित पुस ३ देखि ६ सम्म राजधानीको नेपाल पर्यटन बोर्ड र रिपोर्टस् क्लबको हलमा फिल्महरु प्रदर्शन गरिएको थियो । बुधबार नेपाल पर्यटन बोर्डमा समापन समारोहमा दीपक रौनियकर ‘फोर नाइट्स’ प्रदर्शन गरिएको थियो । यसअघि उद्घाटनका दिन ३ पुसमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स ः टप अफ द वल्र्ड’ देखाइएको थियो ।
महोत्सवका दौरान भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले ‘लुकेर बसेका कथाहरूलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ विषयक मास्टर क्लास दिएका थिए । त्यस्तै, ‘जलवायु परिवर्तन र न्यायसम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, विज्ञ तथा चलचित्रकर्मीहरुबीच प्यानल छलफल पनि गरिएको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया