हरर थ्रिलर ‘चि मुसी चि:' को ट्रेलर सार्वजनिक

काठमाडौँ- हरर थ्रिलर ‘चि मुसी चि: को ट्रेलर रिलिज गरिएको छ । २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरले एक अदृश्य शक्तिसंग बच्न पात्रहरुले गर्नु परेको संघर्ष देखाएको छ । एक अपरिचित बालिकाको जसको वरिपरि ट्रेलरले चक्कर कटाउँछ ।
उक्त बालिकाले अन्य पात्रहरुलाई दु:ख दिएपनि त्यस पछाडिको कारण सस्पेन्स राखिएको छ । मिर्ना जेम्स र यश सैनी निर्देशित सिनेमाले दर्शकमा डर र कौतुहलता जगाउन सफल हुन्छ । अन्तिममा ऋचा शर्माले बोल्ने संवाद, ‘छोराको चाहमा सानो बच्चालाई बली दिइयो’ले रहस्यको ढोका खोल्ने प्रयास गरेको छ ।
मिर्ना र यश कै कथा/पटकथा रहेको सिनेमामा ऋचासंगै प्रियंका कार्की, बेनिशा हमाल, आयुषमान देशराज जोशी, रविन्द्र झा, राजन खतिवडा, गौरव विष्ट, अरुण चक्रवर्तीलगायतका कलाकारहरुको अभिनय छ ।
सार्वजनिक ट्रेलरले दर्शकमा कौतुहलता पैदा गर्नेमा निर्माण पक्ष आशावादी देखिएको छ । प्राय: नेपालमा निर्माण हुने हरर सिनेमा भन्दा ‘चि मुसी चि’ भिन्न रहेको निर्माण पक्षले बताएको छ ।
पुष २२ देखि अलनेपाल प्रदर्शनमा आउने सिनेमामा सुशन प्रजापतिको छायांकन र यश सैनीको सम्पादन रहेको छ । एमी स्टुडियोको व्यानरमा अरुण चक्रवर्तीको प्रस्तुति रहेको सिनेमामा रिञ्जु केसीसंगै अरुण चक्रवर्तीले लगानी गरेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया