‘ऐना झ्यालको पुतली’ र ‘लोरी’ अस्करको दौडबाट बाहिर : भारत र पाकिस्तान अन्तिम १५ मा

काठमाडौँ - २२ वर्षयता एकेडेमी अवार्ड (अस्कर) को खडेरीले यो साल पनि निरन्तरता पाएको छ । यो साल नेपालबाट ‘अन्तर्राष्ट्रिय फिचर फिल्म’ विधामा सिफारिस ‘ऐना झ्यालको पुतली’ र ‘लाइभ एक्सन सर्ट फिल्म’ विधामा मनोनयन पाउन प्रयास गरेको ‘लोरी’ दुवै प्रारम्भिक मनोनयनमा अटाएनन् । बिहीबार यी दुई विधासँगै थप ८ विधामा एकेडेमी अवार्डले प्रारम्भिक सूची (सर्ट लिस्ट)सार्वजनिक गरेको छ । ‘लोरी’लाई चर्चित फेसन डिजाइनर प्रबल गुरुङले कार्यकारी निर्माताको रुपमा मनोनयनका लागि लबिङ गरेका थिए ।
२२ वर्षअघि एरिक भ्याली निर्देशित ‘क्याराभान’ अस्करमा अन्तिम मनोनयनमा पर्न सफल भएको थियो । त्यसयता अस्कर अवार्डमा नेपालको सहभागिता फिल्म पठाउनमा मात्र सीमित रहँदै आएको छ । यो साल छिमेकी देश भारत र पाकिस्तानले भने ऐतिहासिक सफलता हात पारेका छन् । प्रारम्भिक मनोनयनमा पनि ठाउँ बनाउन नसकेको भन्दै सबैभन्दा धेरै फिल्म बनाउने भारत आलोचकको निशानामा पर्ने गरेको थियो । तर विवाद नै विवादका बीच ‘लास्ट फिल्म सो’ छानिएको थियो ।
तर ‘आरआरआर’ले पनि इतिहास रच्दै प्रारम्भिक मनोनयनमा ठाउँ पाएको छ । गोल्डेन ग्लोबमा ‘नाटु नाटु’ गीतबाट ‘ओर्जिनल सङ’मा मनोनयन पाउन सफल यो गीतले अस्करमा पनि यही विधामा अन्तिम १५ मा सूचीकृत हुन सफल भएको छ ।
फिल्म हेर्ने अम्मलका विषयमा बनेको यो गुजराती फिल्मले विश्वभर चर्चा कमाउने सफल ‘आरआरआर’लाई उछिन्दै भारतबाट एकेडेमी अवार्डमा सिफारिस पाउन सफल भएको थियो । ‘आरआरआर’को साटो ‘लास्ट फिल्म सो’लाई छानेपछि धेरैले भारतले अस्करमा मनोनयन पाउने सम्भावना सकिएको टिप्पणी गरेका थिए ।
अर्कोतिर भारतकै छिमेकी देश पाकिस्तानबाट अस्करमा सिफारिस ‘जोयल्यान्ड’ले पनि झन्डै मनोनयन गुमाएको थियो । प्रर्दशनको अघिल्लो हप्ता पाकिस्तान सरकारले यो फिल्मलाई प्रदर्शनमा रोक लगाएपछि यसको मनोनयन सम्भावना झिनो भएको थियो ।
अस्करमा मनोनयन पाउन अन्तर्राष्ट्रिय फिचर फिल्म विधाका फिल्मले अमेरिकाबाहेकका देशमा कम्तिमा १ हप्ता हलमा प्रदर्शन हुनैपर्ने नियम छ । तर रिलिजको संघारमा यो फिल्मलाई पाकिस्तान सरकारले प्रतिबन्धको घोषणा गरेको थियो । तर अन्तर्राष्ट्रिय दबाबपछि यो फिल्म काँटछाँटसहित पाकिस्तानमा प्रतिबन्धमा परेको थियो ।
एकेडेमी अवार्डको ९५ औँ संस्करणका लागि अस्करले बिहीबार १० विधाको प्रारम्भिक सूची सार्वजनिक गरेको हो । यसमा डकुमेन्ट्री, डकुमेन्ट्री सर्ट फिल्म, इन्टरनेसनल फिचर फिल्म, मेकअप एन्ड हेयरस्टाइलिङ, ओर्जिनल स्कोर (म्युजिक), म्युजिक( ओर्जिनल सङ), एनिमेटेड सर्ट फिल्म, लाइभ एक्सन सर्ट फिल्म, साउन्ड र भिज्युवल इफेक्ट्स गरी १० विधा समावेश छन् । अस्करले प्रत्येक विधामा १५ फिल्मको मनोनयन सूची सार्वजनिक गरेको हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया