चलचित्र संघले चलचित्र विकास बोर्डविरुद्ध चरणवद्ध आन्दोलन गर्ने

काठमाडौँ - चलचित्र संघले चलचित्र विकास बोर्डविरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । चलचित्र संघको बुधबार बसेको भेलाले विकास बोर्ड हल व्यवसायप्रति पूर्वाग्रही भएको निष्कर्ष निकाल्दै बोर्डविरुद्ध आन्दोलनमा जाने घोषणा गरेको हो । यसका लागि संघले चरणवद्ध कार्यक्रमको घोषणा गरेको छ ।
संघले पहिलो चरणमा १२ गते सञ्चार मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, १७ गतेसम्म कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने जनाएको छ । संघले बोर्डमा धर्ना दिने र तालाबन्दी लगाउने कार्यक्रम पनि तय गरेको जनाएको छ तर यी दुई कार्यक्रम गर्ने मिति भने पछि निक्र्यौल गर्ने जनाएको छ ।
यसैगरी संघले नरेन्द्र महर्जनको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति पनि गठन गरेको छ । ८ बजेपछि सो समय राख्न बोर्डसँग अनुमति लिनुपर्ने नियमपछि हल व्यवसायी विकास बोर्डसँग रुष्ट भएका थिए । तर बोर्डले सेन्सरका लागि हप्ता दिनअघि कागजपत्र बुझाउनुपर्ने नियम जारी गरेपछि वितरकहरूसमेत सदस्य रहेको चलचित्र संघ आन्दोलनको तहमा पुगेको हो । यो नियमका कारण विदेशी फिल्म नेपाल ल्याउन कठिन भएपछि वितरकहरू विकास बोर्डको यो नियम हटाउनुपर्ने मागमा छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया