प्रतिनिधिसभा सदस्यले लिए शपथ

काठमाडौं - नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयता शपथ लिएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् । उनीहरूले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई पद तथा गाेपनीयताकाे शपथ गराएकी थिइन् ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद बैठक सञ्चालन र संसदीय दलको कार्यालयबारे जानकारी गराएका थिए ।

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया