किसानसँग घूस लिने खाँ अख्तियारको फन्दामा

काठमाडौं : किसानसँग अनुदानका लागि घूस लिने एक कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । डोल्पाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईको स्याउ जोन कार्यालय प्रमुख हसमुल्ला खाँलाई आयोगले नियन्त्रणमा लिएको हो ।
दाँते ओखरको बिरुवा उत्पादन गरेवापत किसानलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको लागि घूस माग गरिरहेको अवस्थामा आयोगले समातेको हो ।
आयोगको सुर्खेत कार्यालयबाट खटिई गएको टोलीले खाँलाई २५ हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

अग्नी सापकोटाको मुद्दामा सर्वोच्चको एकपटक तीनवटा आदेश

यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अन्तरिम आदेश

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

आफताब आलमले पाए सफाइ

तीनकुनै प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिव…

बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ

रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

प्रतिक्रिया