सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

कारबाओ कपः क्वार्टरफाइनलमा सिटीले साउथाम्पटनविरुद्ध खेल्ने

काठमाडौँ- कारबाओ कप फुटबलको क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीले साउथाम्पटनविरुद्ध खेल्ने भएको छ । आठ पटकको विजेता सिटीले साविक विजेता लिभरपुललाई ३-२ ले पराजित गर्दै साउथाम्पटनविरुद्ध खेल्ने निश्चित भएको हो ।

क्वार्टरफाइनलको अन्य खेलमा म्यानचेस्टर युनाइटेडले चार्ल्टन एथलेटिक, नटिङघम फरेस्टले उल्भ्स तथा न्यूकासल युनाइटेडले लेस्टर सिटीविरुद्ध खेल्ने भएका छन् ।

क्वार्टरफाइनल खेलहरु जनवरी ९ बाट सुरु हुने तालिका रहेको छ ।