आर्यन सिग्देलको उमेर अनुमान गर्नेलाई रेष्टरेन्टमा खाना

काठमाडौँ - अभिनेता आर्यन सिग्देलको अभिनय रहेको फिल्म ‘डिसेम्बर फल्स’ आउँदो हप्ता रिलिज हुँदैछ । केही दिनअघि ट्रेलर सार्वजनिक कार्यक्रममा आर्यनले यो फिल्मले ९ करोड ग्रस गर्ने निर्माताको दाबीमा आफूलाई पनि विश्वास भएको बताएका थिए । तर यसका लागि फिल्मले गर्नुपर्ने हल्लाखल्ला चाहिँ गर्न सकेको छैन ।
ट्रेलर रिलिजपछि टिम चुपचाप जस्तै छ । आर्यन एक्लै प्रचारमा जुटेका छन् । तर यसका लागि उनले फिल्मको लिडिङ लेडी उपासनाको साथ पाउन सकेका छैनन् । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अनुपस्थित उपासनाले फिल्मसम्बन्धी पोस्ट जाँगरका साथ खासै सेयर गरेकी छैनन् ।
तर निर्माण टिमले फिल्ममा दर्शकलाई फिल्मसँग जोड्न नयाँ स्किम ल्याएको छ । निर्माण टिमले जनाएअनुसार फिल्म भित्र आर्यनको उमेर अनुमान गर्ने दर्शकले ६ हजार बराबरको खानाको कुपन प्राप्त गर्नेछन् । यसरी खानाको कुपन प्राप्त गर्नेले फिल्मको टिमसँग बसेर खाना खान पाउने सुविधा पनि रहेको छ । ट्रेलरमा आर्यनको उमेरसम्बन्धी चर्चा गरिएको दृश्य राखिएको छ । यसैको भरमा दर्शकले आर्यनको उमेर अनुमान गर्नुपर्नेछ ।
रामप्रसाद रिजाल र लक्ष्मण रिजालले निर्माण गरेको फिल्मलाई प्रविण झाले निर्देशन गरेका हुन् । फिल्म पुस १५ देखि हलमा सार्वजनिक हुँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया