के नीतिको फिल्म खेल्ने रहर, रहरमै सीमित हुने हो ?

काठमाडौँ -मिस इन्टरनेसनल विजेता नीति शाहले पहिले पहिले फिल्मको अफर लिएर जाने निर्माता÷निर्देशकलाई लाई अभिनय मेरो रुची हैन भन्दै फर्काउने गरेकी थिइन् । तर यसो भनेर निर्माता÷निर्देशक फर्काउन थालेको केही वर्षपछि नै के चमत्कार भयो कुन्नी ? उनलाई फिल्म खेल्ने रहर लाग्यो ।
उनले फिल्म खेल्नकै लागि म्यानेजर राखिन् । आफैँ फिल्म बनाउन कम्मर बसेर सामाजिक सञ्जालमा स्क्रिप्ट राइटर चाहिएको सूचना पनि राखिन् । एकसाथ यस्ता धेरै गतिविधि गरिरहँदा नीतिले मुकुन्द भट्टले निर्देशन गर्ने एउटा फिल्म साइन गरेको खबर पनि आयो ।
यो समाचार आएको पनि वर्ष दिन बित्न लागिसक्यो तर यो फिल्मको न थप समाचार आएको छ न यो फिल्म फ्लोरमै गएको छ । उनले आफ्ना लागि फिल्म लेख्ने स्क्रिप्ट राइटर पाएको÷नपाएको पनि कुनै टुंगो छैन । नीतिले जुन समयमा फिल्म खेल्ने रहर गरेकी छिन् त्यो उनको उमेरको हिसाबले मध्यान्न हो । अब पनि ढिला भइरहने हो भने उनको फिल्म खेल्ने रहर, रहरमै सीमित त हुन्न ?

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया