कांग्रेस कर्णालीको संसदीय दलको नेता छानिँदै, आज उम्मेदवारी दर्ता
सुर्खेत - कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेता भोलि (शनिबार) छानिने भएको छ । प्रदेश कार्य समितिको बैठकले शनिबार संसदीय दलको नेता छान्ने निर्णय गरेको छ । संसदीय दलको निर्वाचन गर्न बनेको निर्वाचन समितिले सार्वजनिक गरेको कार्यसूची अनुसार बिहीबार दलको नेता चयन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकायाका अनुसार शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म मतदान गर्ने कार्यतालिका छ । यसका लागि शुक्रबार दिउँसो साढे ३ बजेसम्म दलको नेताका लागि उम्मेदवारी दिने समय तोकिएको छ ।
यस्तै बेलुका पाँच बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । त्यसैगरी बेलुका ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
कर्णाली प्रदेश सभामा दलको नेताका लागि मनोनयन दर्ता गर्न २५ हजार रूपैयाँ शुल्क तोकिएको छ । नेपाली कांग्रेसभित्र कर्णाली प्रदेश सभाको दल नेताका लागि दुई जना मुख्य उम्मेदवार देखिएका छन् ।
हाल प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र जाजरकोटका राजीवविक्रम शाह संसदीय दलको नेताका प्रमुख दाबेदार हुन् । दाबेदार दुवैजना सांसद कांग्रेसको संस्थापन पक्षका हुन् ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया