च्याम्पियन्स लिग जित्दै सुपर लिगलाई ओझेलमा पार्ने दाउमा बेन्जेमा
काठमाडौँ: युरोपका केही ठूला क्लबलाई सुपर लिग सपनातर्फ डोहोर्याउने ब्यक्ति फ्लोरेन्टिनो पेरेज हुन् । आर्थिकरुपमा सुपर लिग च्याम्पियन्स लिग भन्दा बढी फाइदाजनक हुने उनको तर्क थियो । यद्यपि त्यस्तो विद्रोही लिगको सपना तुहियो ।
उनै पेरेजको क्लब रियल म्याड्रिडले मंगलबार चेल्सीको सामना गर्यो । च्याम्पियन्स लिग सेफिाइनलको पहिलो लेगमा । खेल बराबरीमा टुङ्गिए पनि रियलले महत्वपूर्ण सन्देश प्राप्त गर्यो । युरोपियन क्लब फुटबलमा हालकै संरचना पनि रियलले सफलताका लागि कठिन प्रतिस्पर्धा गर्नुछ ।
रियलकै मैदानमा भएको खेलमा अग्रता लियो चेल्सीले । गोल गरे अमेरिकन युवा फरवार्ड क्रिस्टियन पुलिसिचले । तर १५ मिनेटपछि नै रियलले करिम बेन्जेमा मार्फत गोल फर्कायो । जुन फ्रेन्च स्ट्राइकर बेन्जेमाले गरेको छैठौँ च्याम्पियन्स लिग गोल थियो । रियलको जर्सीमा उनले कुल ७१ च्याम्प्यिन्स लिग गोल गरिसकेका छन् ।
रियल अध्यक्ष पेरेजले सुपर लिगको सपना पूर्णरुपमा त्यागिसकेका छैनन् । तर बेन्जेमा र उनका साथी खेलाडी अहिलेलाई च्याम्पियन्स लिगमै केन्द्रित छन् । रियललाई १४ औँ पटक च्याम्पियन्स लिग उपाधि जिताउने लक्ष्यमा छन् । त्यस किसिमको सफलताले सुपर लिग सपना ओझेलमा पर्नसक्छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया