नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्छौँं : मन्त्री श्रेष्ठ

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले पर्यटन दशक २०२३ देखि २०३२ को रणनीतिक कार्ययोजना तयार गर्न विज्ञहरूले रूपरेखा तयार पारेको र यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका हुन् ।
मन्त्री श्रेष्ठले मुलुक संघीयतामा गए पनि काममा पुरानै प्रवृत्ति रहेको भन्दै पर्यटन क्षेत्रको विकासका लागि नवीन कार्यशैलीका साथ अघि बढ्नुपर्ने धारणा राखे । विज्ञहरूले तयार पारेको रूपरेखामा बहुपक्षीय पूर्वाधार विकास र पर्यटन क्षेत्रको पुनर्उत्थानका साथै पर्यटक आगमन प्रति वर्ष १५ प्रतिशतले वृद्धि गरी ३५ लाख पुर्याउने उल्लेख छ ।
त्यस्तै मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदानलाई १० प्रतिशत कायम गर्ने लक्ष्य राखिएको मन्त्री श्रेष्ठले बताए । साथै प्रति पर्यटक प्रतिदिन खर्च ४८ डलरबाट १२५ पुर्याउने, देशको कूल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशतसम्म पुर्याउने योजना रहेको उनले बताए ।
कोरोनापछिको पर्यटन पुनर्उत्थान तथा पुनः जागरण गर्दै देशैभर पर्यटन प्रवर्द्धनका लागि प्रादेशिक तथा राष्ट्रिय स्तरका अभियान सञ्चालन गर्ने मन्त्री श्रेष्ठले बताए ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया