कर्णालीमा थप तीन कोभिड सङ्क्रमितको मृत्यु

सुर्खेत : कर्णालीमा तीन जना कोभिड-१९ को मृत्यु भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित कालागाउँ प्रदेश अस्पतालमा उपचार गराइरहेका दुई जना संक्रमितको गएराति मृत्यु भएको हो भने एक जनाको दैलेख अस्पतालमा मृत्यू भएको हो ।
प्रदेश अस्पतालका फोकल पर्सन डाक्टर केएन पौडेलकाअनुसार भेरिगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको निधन भएको हो । भेरिगंगाका बिरामी बैशाख ५ र वीरेन्द्रनगरका विरामी बैशाख ११ गतेदेखि सो अस्पतालमा उपचाररत थिए ।
कोरोना संक्रमणपछि उपचाररत दैलेखको नारायण नगरपालिका–१ पुरानो बजार निवासी ७५ वर्षीय एक पुरुषको बुधबार बिहान निधन भएको छ । उनलाई मंगलबार कोभिड संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशमा एक सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयकाअनुसार हालसम्म कर्णालीमा कोरोना संक्रमणको कारण ३७ जनाको मृत्यु भएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया