शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

नेपाल बैंक र वाणिज्य बैंकले घोषणा गरे लाभांश

काठमाडौँ- दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको साधारणसभा पुस अन्तिम साता हुने भएको छ । दुवै बैंकको सञ्चालक समिति बैठक गत बुधबार बसेको थियो । ती बैंकहरूका सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदनका लागि साधारणसभामा लैजाने जनाएका छन् ।

वाणिज्य बैंकको सञ्चालक समिति बैठकले बैंकको १७ औँ वार्षिक साधारणसभा यही पुस २८ गते गर्ने जनाएको छ भने नेपाल बैंकले पुस २९ गते ६३ औँ वार्षिक साधारणसभा गर्ने बिहीबार जारी सूचनामा उल्लेख छ ।  

वाणिज्य बैंकले गत असार मसान्तसम्मको नाफा–नोक्सान, सोही अवधिको नगद प्रवाह तथा शेयरधनी कोष परिवर्तनको विवरणलगायत वित्तीय विवरण पारित गर्ने प्रस्ताव साधारणसभामा लैजाँदैछ । बैंकले २०७९ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको सात दशमलव ५० प्रतिशत नगद र पाँच प्रतिशत बोनस शेयर लाभांश दिँदैछ । यो प्रस्ताव पनि अनुमोदनका लागि साधारण सभामा लगिनेछ ।

गत असार मसान्तसम्ममा वाणिज्य बैंकको चुक्ता पुँजी रु १३ अर्ब ९४ करोड तीन लाख ५९ हजार ९९ बराबर रहेको छ । उक्त चुक्ता पुँजीको सात दशमलव ५० प्रतिशतका दरले हुन आउने रु एक अर्ब चार करोड ५५ लाख २६ हजार नौ सय बराबर नगद लाभांश वितरण गर्ने स्वीकृति दिने प्रस्ताव साधारण सभामा लगिँदैछ । त्यस्तै, बैंकका सेयरधनीलाई चुक्ता पुँजीको पाँच प्रतिशतले हुने आउने रु ६९ करोड ७० लाख १७ हजार नौ सय ५४ बराबर बोनस सेयर लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पनि साधारणसभामा लगिने बैंकले जनाएको छ ।

वाणिज्य बैंकमा सरकारले सेयर पुँजीका रुपमा लगानी गरेको रु एक अर्ब बैंकको जारी पुँजी र चुक्ता पुँजीमा थप गर्ने प्रस्ताव पनि साधारण सभामा लग्ने जनाइएको छ । बैंकले पुस १८ गते बुक क्लोज (शेयरधनी दर्ता पुस्तिका बन्द) गरिसक्नेछ ।

त्यस्तै, नेपाल बैंकले पुस २९ गते साधारणसभा गर्दैछ । बैंकको प्रधान कार्यालय धर्मपथमा आयोजना हुने साधारणसभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पेश गरिनेछ । त्यस्तै, बैंकको गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र दुई प्रतिशत बोनस सेयर दिने प्रस्ताव सञ्चालक समितिमा लगिँदैछ ।

गत असार मसान्तसम्ममा नेपाल बैंकको चुक्ता पुँजी रु १४ अर्ब ४० करोड ५९ लाख चार हजार आठ सय ३१ बराबर थियो । यो चुक्ता पुँजीको दश प्रतिशतका दरले हुन आउने रु एक अर्ब ४४ करोड पाँच लाख ९० हजार चार सय ८३ नगद लाभांश र दुई प्रतिशतका दरले हुन आउने रु २८ करोड ८१ लाख १८ हजार ९६ रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि सञ्चालक समितिमा लगिँदैछ ।

बोनस सेयर वितरणबाट बैंकको साबिक जारी तथा चुक्ता पुँजी वृद्धि गरी रु १४ अर्ब ६९ करोड ४० लाख २२ हजार नौ सय २७ बराबर कायम गर्ने प्रस्ताव पनि बैंकको साधारणसभामा लैजाने तयारी छ । नेपाल बैंकले वार्षिक साधारणसभाका लागि पुस १४ गते बुक क्लोज गरिसक्नेछ । पुस १३ गतेसम्म कारोबार भई शेयर नामसारी भएका शेयरधनीले मात्र साधारणसभामा सहभागी हुन गत आर्थिक वर्षको लाभांश पाउनेछन् ।

दुवै बैंकले चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि आफ्नो लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने विषय बारेको प्रस्ताव पनि साधारणसभामा लैजाँदैछन् । त्यस्तै प्रबन्धपत्र तथा नियमावलीको संशोधन गर्नुपर्ने भएमा सञ्चालक समितिलाई त्यसको अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा लगिनेछ । सरकारी लगानी रहेको कृषि विकास बैंकले भने अझै साधारणसभा घोषणा गरिसकेको छैन ।

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्षारोपण कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्…

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारो…

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत्‌ आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत्‌ आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन