ठमेलमा भोलि साँझ ७ देखि बिहान ५ बजेसम्म सवारीसाधन प्रवेश निषेध
काठमाडौँ- ठमेल क्षेत्रमा भोलि (शनिबार) साँझ ७ देखि बिहान ५ बजेसम्म सवारीसाधनको प्रवेशमा निषेध गरिएको छ । ठमेल पर्यटन विकास परिषदका अनुसार क्रिश्चियन धर्मावलम्बीहरूको 'क्रिसमस इभ'मा ठमेलमा बाह्य तथा आन्तरिक पर्यटकको चाप बढ्ने भएकाले सवारी निषेध गरिएको हो ।
विकास परिषदका अध्यक्ष भविश्वर शर्माले स्वदेशी तथा विदेशी पर्यटकको आवतजावतलाई सहज बनाउन सवारीसाधनको प्रवेशमा रोक लगाइएको बताए ।
प्रहरी वृत्त लैनचोर, ट्राफिक प्रहरी प्रभाग ठमेल तथा ठमेल पर्यटन परिषदद्वारा साँझ ७ देखि बिहान ५ बजेसम्म सवारीसाधनको प्रवेशमा रोक लगाइएको शर्माले जानकारी दिए ।
उनले भने, 'ठमेल क्षेत्रका सम्पूर्ण घरधनी र व्यवसायीहरूलाई पनि भोलि साँझदेखि सवारीसाधनमा रोक लगाइएको जानकारी गराएका छौं ।'

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया