बाराक ओबामाले एक वर्षमा मन पराएका १७ सिनेमा

लसएञ्जल्स- दुई पटक अमेरिकाको राष्ट्रपति भइसकेपछि समाजसेवामा सक्रिय बाराक ओबामाले फिल्म निर्माण कम्पनी खोलेर फिल्म तथा डकुमेन्ट्री निर्माणको कामलाई पनि अघि बढाइरहेका छन् । बाराक र श्रीमती मिसेल ओबामाले मिलेर हाइअर ग्राउन्ड पिक्चरको सुरुवात गरेका छन् जसले चार वर्षको अन्तरालमा फिल्म, डकुमेन्ट्री र सिरिज गरी दर्जन बढी फिल्म बनाएको छ ।
बाराक ओबामाको यो कम्पनीले प्रथम सगरमाथा आरोही तेन्जिङ शेर्पा र एडमन्ड हिलारीको आरोहणलाई लिएर नेटफ्लिक्सका लागि फिल्म निर्माण गर्ने घोषणा गरेको थियो र नेपालमा धेरै चरणमा यसका लागि अडिसन पनि भएको थियो । तर पछि ओबामा र नेटफ्लिक्स दुवै यो प्रोजेक्टबाट बाहिरिएका थिए । अष्ट्रेलियन निर्देशकको यो प्रोजेक्ट अहिले आफ्नै हिसाबले बन्ने चरणमा रहेको छ ।
तर सन् २०२२ लाई बिदा गर्दैगर्दा ओबामाले राजनीतिझैँ सिनेमामा पनि आफ्नो रुची गहिरो रहेको संकेत गरेका छन् । उनले शुक्रबार ट्वीट गर्दै सन् २०२२ मा आफूले हेरेर मनपरेका फिल्मको सूची पोस्ट गरेका छन् । उनले मन पराएको फिल्मको सूचीमा स्टिभन स्पिलवर्गको बायोग्राफिकल सिनेमा ‘दि फेबल्समेन’ देखि आफ्नै कम्पनीले बनाएको ‘डिसेन्डेन्ट’ सम्म रहेका छन् ।
सूचीमा उनले यो सालको अन्तर्राष्ट्रिय फिचर फिल्मको दाबेदार मानिएको दक्षिण कोरियन थ्रिलर ‘डिसिजन टु लिभ’ देखि गत सालको कान्सको पाम डी अर विजेता ‘अ हिरो’सम्म समेटेका छन् । उनको सूचीमा टम क्रुजको एरियन एक्सन फिल्म ‘टप गन माभरिक’ पनि अटाएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया