माओवादी सांसदले शुक्रबार नै गरेका थिए खाली माइन्युटमा हस्ताक्षर

काठमाडौँ- सरकार गठनका लागि नेकपा माओवादी केन्द्रले पनि हस्ताक्षर संकलन गरेको छ । शुक्रबारदेखि माओवादीले खाली कागजमा हस्ताक्षर संकलन सुरु गरेको हो ।
'मैले हिजो नै हस्ताक्षर गरिसकेँ' माओवादीका एक सांसदले इकागजसँग भने 'माइन्युटमा माननिय माओवादी केन्द्रका सांसदहरू मात्रै लेखिएको छ । त्यसैको मुनि हस्ताक्षर गरेको हुँ ।'
सरकार गठनमा सत्तागठन्धनको रस्साकस्सी परिरहेको बेला प्रधानमन्त्री दाबी गर्ने कांग्रेस र माओवादी दुबैले हस्ताक्षर संकलन गरिरहेको छ ।
नेपाली कांग्रेसका सांसद रमेश लेखकले आफूहरूले खाली कागजमा हस्ताक्षर गरेका बताएका छन् । प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले खाली कागजमा हस्ताक्षर संकलन गरिरहेको बेला इकागजसँग कुरा गर्दै सांसद लेखकले हस्ताक्षर गरिसकेको बताए ।
'कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि कांग्रेसका सांसदहरूको हस्ताक्षर संकलन गरिसक्यौँ' लेखकले इकागजसँग भने ‘हिजै हामीले हस्ताक्षर संकलन गरिसक्यौँ । सरकारको दाबीका लागि सबै सांसदहरूको हस्ताक्षर चाहिन्थ्यो । त्यो गरिसक्यौँ । यसमा कुनै विवाद छैन ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया