चितवनको अवैध टहरामा डोजर चल्यो, ५८ वटा घरको पिल्लर भत्काउनुपर्ने

मकवानपुर- बागमती प्रदेशको चितवनस्थित नारायणगढ बजारमा अवैध संरचना हटाउन डोजर चलाइएको छ । पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन थालेको हो । पुल्चोक गोन्द्राङ सडक विस्तार अन्तर्गत पुल्चोकदेखि केन्द्रीय बस टर्मिनलसम्म ५८ वटा घरको पिल्लर भत्काउनु पर्ने कार्यालयका प्रमुख रमेश पौडेलले बताए ।
एक साताभित्र यहाँको सडकमा परेका अवैध संरचना भत्काएर सडक विस्तारको काम अघि बढाएर सक्ने योजना रहेको छ । यसअघि सडक विभागले सडक अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन दुई पटक सूचना जारी गरिएको थियो । विभागले ६ लेन सडक विस्तारको काम सुरु हुँदा ३५ दिने सूचना सार्वजनिक गरेर घर भत्काउन भनिएको थियो ।
अटेर गरेपछि गत कार्तिक २४ गते १५ दिने सूचना जारी गरिएको थियो । विभागले घर टहरा धनीलाई आफैँ सुरक्षित तवरले भत्काउनको लागि सुरुमा ३५ दिने, पछि १५ सूचना दिएर म्याद दिएको र त्यसपछि पनि समय दिएको थियो। तर ढिपी गरिएको कारण आफैँले भत्काउन परेको सडक विभागले जनाएको छ ।
"कार्तिक २४ गते १५ दिने सूचना दिएको थियो । त्यसपछि पनि समय दियौं । सबै घरमा गएर सूचना टाँसेको पनि हो" पौडेलले भने "उहाँहरुले के भत्केला र जस्तो गर्नुभयो । त्यही भएर बाध्य भएर भत्काउन पर्ने अवस्था भयो ।’ विभागले शुक्रबारबाट संरचना भत्काउन सुरु गरेका हो ।
यता हेटौंडामा वर्षौदेखि अल्झँदै आएको सडक विस्तारको विवाद अझै टुङ्गोमा पुगेको छैन । हेटौंडामा सडक फरक गर्ने योजना राजनीतिक एजेन्डा र विवादको विषय बन्दै आएको छ ।

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

प्रतिक्रिया