'विगतको गठबन्धनलाई हेर्ने हो भने राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसलाई, सभामुख माओवादीलाई'

काठमाडौँ- सरकारको नेतृत्व गर्ने विषयमा दलहरूबीच छलफल चलिरहँदा कांग्रेसले सभामुख माओवादीलाई दिएर आफूले राष्ट्रपति र प्रधानमन्त्री पद लिने सहमतिमा सरकार गठन गर्न पहल गरिरहेको छ । कांग्रेस नेता तथा प्रतिनिधिसभा सांसद रामहरि खतिवाडाले कांग्रेस ठूलो दल भएकाले राष्ट्रपति र प्रधानमन्त्री पद लिएर सरकारको नेतृत्व गर्न सबैसँग छलफल गरिरहेको बताए ।
‘माओवादीले विगतमा गठबन्धन गर्दा राष्ट्रपति र प्रधानमन्त्री दुवै एमालेलाई छाडेर सभामुख माओवादीले लिएको थियो,’ सांसद् खतिवडाले इकागजसँग भने, ‘अहिले पनि गठबन्धन छ । हामी पहिलो पार्टी हौँ । नजिर पनि त्यही छ । त्यसैले प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसले लिएर माओवादीलाई सभामुख दिन्छौँ । सबैलाई उचित सम्मान दिएर सरकारमा सहभागी गराउने पहल कांग्रेसले गरिरहेको छ ।’
माओवादीले अहिले प्रास्त सिट संख्या र एमालेसँगको गठबन्धनको नजिरका आधारमा पनि राष्ट्रपति र प्रधानमन्त्री पदका लगि धेरै बार्गेनिङ गर्न नहुने उनले बताए । गठबन्धनलाई बचाएर लैजानका लागि पनि माओवादी नेताहरूले अहिलेको जनमत र सिट संख्यालाई बुझ्नुपर्ने उनको भनाइ छ ।
‘गठबन्धनलाई अहिले बचाएर लैजानुपर्ने छ,’ सांसद् खतिवडाले भने, ‘गठबन्धनलाई बचाइएन भने अहिले राजनीतिप्रति जुन किसिमको वितृष्णा पैदा भइरहेको छ । त्यो बढ्छ । हामीले धेरै चलखेल गर्ने बेला भएको छैन । अहिलेको सबैभन्दा मुल मर्म भनेको जनमत र सिट संख्या पनि हो । यसमा कांग्रेस अगाडि छ । त्यो कुरा माओवादीका नेताहरूले बुझेका छन् ।’
सरकारमा सहभागी हुने अन्य दललाई पनि मन्त्रिमण्डलमा उच्च सम्मान दिएर सहभागी गराउने उनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया