केही सेकेन्डका लागि उर्वशीले बुझिन् १५ करोड पारिश्रमिक

मुम्बई - अभिनेत्री उर्वशी रौतेला चर्चा पाउनका लागि कुनै पनि कसर बाँकी राख्दिनन् । चाहे त्यो स्टार भारतीय क्रिकेटर ऋषभ पन्तका साथ उनको अफवाहवाला दुश्मनी होस् या आफ्नो पहिरनको महंगो मूल्य । कुनै न कुनै कारणले उनी समाचार बनिरहन्छिन् । हालैमात्र उनी पुनः चर्चामा आएकी छन् । अहिले चाहिँ उनको चर्चा भएको पारिश्रमिकका कारण । नेटफ्लिक्सको एनुअल भिडियोमा आफ्नो केही सेकेण्ड उपस्थितिका लागि १५ करोड रुपैंयाँ पारिश्रमिक बुझेकी छन् ।
नेटफ्लिक्सले हालैमात्र यो वर्ष रिलिज भएका आफ्ना भारतीय सो र फिल्मको एक स्पुफ भिडियो पोस्ट गरेको थियो । जसमा उर्वशी भीएफएक्सको माध्यमले रयान गोस्लिङका साथ लामो सास फेर्दै गरेको देख्न सकिन्छ । उनी हलिउड स्टारलाई आफ्नो हत्केला देखाउँछिन्, जहाँ आरपी लेखिएको हुन्छ । जसलाई उनी हटाएर आरजी अर्थात् रयान गोसलिङमा परिवर्तन गर्छिन् । यही उपस्थितिका लागि उनले १५ करोड पारिश्रमिक लिएकी हुन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया