शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

नेकपा निकट युवा संगठनका कार्यकर्ताले कुशेका एक शिक्षकलाई दले कालोमासो

सुर्खेत- नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा निकट युवा संगठनका कार्यकर्ताले कुशेका एक शिक्षकलाई कालोमोसो दलेका छन् ।

कुशे गाउँपालिकास्थित एक विद्यालयमा अध्यापनरत शिक्षक रणबहादुर शाहीलाई उनीहरूले कालोमोसो दलेका हुन् । राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफैँ भई करोडौंको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनका कार्यकर्ताले कालोमासो दलेको जनाएका छन् ।