'फ्लोर क्रस' गरेर मन्त्री बनेका तीन जनाले लिए पुनः शपथ

सुर्खेत : कर्णालीमा 'फ्लोर क्रस' मुख्मन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका तीन मन्त्रीले आज पुनः शपथ लिएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कुर्मराज शाहीले आज पुन शपथ लिएका हुन् ।
फ्लोर क्रस गरेको भन्दै पार्टीले निष्कासन गरेपछि उनीहरूलाई स्वतन्त्रको हैसियतमा शपथ गराइएको हो । बुधबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको शपथ गराए । यसअघि एमाले सांसदको हैसियतमा सपथ खाएका उनीहरूलाई फ्लोर क्रस गरेको आरोपमा एमालेले यी तीनसहित चारजनालाई सांसदबाट पदमुक्त गरेको थियो ।
यस अघि तिनै जना मन्त्रीलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बैशाख पाँच गते शपथ खुवाएका थिए । सपथ ग्रहणसँगै मन्त्रीले मन्त्रालयको कार्यभार सम्हालेका थिए । अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका एमालेका चार जना सांसद मध्ये तीन जनालाई बैशाख चार गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियुक्त गरेका थिए ।
यसअघि एमाले सांसदको हैसियतमा सपथ खाएको प्रदेश प्रमुख गोविन्द कलौनीका प्रेस सल्लाहकार दिपेन्द्र वलीले जानकारी दिए । पार्टीले निष्कासन गरेसँगै तीनैजना मन्त्री वैशाख १३ गतेदेखि पदमुक्त भएका छन् ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया