चीनको स्वास्थ्य आयोगले अबदेखि दैनिक कोभिड तथ्यांक सार्वजनिक नगर्ने

बेइजिङ- विगत तीन वर्षदेखि देशमा दैनिक कोभिड १९ को तथ्यंक सार्वजनिक गर्दै आएको चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले आइतवारदेखि यस्तो तथ्यांक जारी नगर्ने जनाएको छ ।
‘सन्दर्भ र अनुसन्धानको लागि चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सान्दर्भिक कोभिड जानकारी प्रकाशित गर्नेछ’, एनएचसीले एक विज्ञप्तिमा भनेको छ ।
परिवर्तनको कारण र सीडीसीले कोभिड जानकारी कति पटक अपडेट गर्नेछ भन्ने बारेमा भने केही उल्लेख गरेको छैन् ।
चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ ।
डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसंख्याको झण्डै १८ प्रतिशतमा यो भाइरसको संक्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका थिए । एजेन्सी
भारतको ‘अप्रेशन सिन्दूर’विरूद्ध पाकिस्तानले सुरु गर्यो ‘बुनयान-उल-मरसूस’

ट्रम्प मध्यपुर्वमा निस्कनुअघि अमेरिकन रक्षा सचिवको इजरायल भ्रमण रद्द

भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दावी

मस्को परेडपछि पुटिनले भेटे उत्तरी कोरियाली सैनिक, दिए धन्यवाद

गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीन घाइते

गाजामा मानवीय सहायता : इजरायलले वितरणमा भाग नलिने, सुरक्षा मात्र दिने

प्रतिक्रिया