युनाइटेडले गर्यो ४ खेलाडीसँगको सम्झौता नवीकरण

काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आफ्ना चार खेलाडीको सम्झौता नवीकरण गरेको छ । रोयटर्सले जनाए अनुसार युनाइटेडले इंग्ल्यान्डका फरवार्ड मार्कस रासफोर्डसहितका खेलाडीसँगको सम्झौता नवीकरण गरेको हो ।
युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागका अनुसार रासफोर्ड, डिएगो डालोट, फ्रेड र ल्युक शाँसँगको सम्झौता नवीकरण गरिएको हो ।
टेन हागको प्रशिक्षणमा रासफोर्डले २० खेल खेल्दै ९ गोल गरिसकेका छन् । त्यसैगरी डालोट, फ्रेड र ल्युकले पनि १५ भन्दा बढी खेल खेलिसकेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया