१२ वर्षपछि ‘ह्रस्व दीर्घ’ मार्फत् विपना थापाको कमब्याक

काठमाडौँ - भारतको मथुरामा घरजम गरेर उतै व्यस्त रहेकी अभिनेत्री विपना थापाले नेपाली फिल्ममा पुनरागमन गर्ने भएकी छिन् । उनले अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्स्व दीर्घ’मार्फत् पुनरागमन गर्ने भएकी हुन् । निर्माण टिमले विपनालाई फिल्ममा स्वागत गरेको पोस्टसहित उनी फिल्मको हिस्साब बन्न लागेको जानकारी गराएका हुन् ।
चन्द्र पन्तले निर्देशन गर्न लागेको फिल्ममा दक्षिण भारतीय मुलका कलाकारको पनि अभिनय रहनेछ । ‘अपहरण’बाट नेपाली सिनेमामा प्रवेश गरेकी विपनाले ‘जन्मभूमि’ फिल्मबाट चर्चा पाएकी थिइन् । त्यसयता ७० हाराहारी नेपाली फिल्ममा देखिएकी उनले अन्तिम समयमा ‘संघर्ष जिन्दगीको’ खेलेकी थिइन् । यो फिल्म २०६७ सालमा प्रदर्शनमा आएको थियो ।
‘बरमाला’ फिल्ममा अभिनय गरेर यसैका निर्मातासँग विवाह गरेकी विपना मथुरामा बस्दै आएकी थिइन् । एउटा अवार्ड कार्यक्रममा सहभागी हुन नेपाल आएका बेला पुराना दिन सम्झेर रोएको विपनाको भिडियोले चर्चा पाएको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया