सरकारका प्रवक्ता भन्छन्- केही बेरपछि फेरि गठबन्धनको बैठक बस्छ

काठमाडौँ - सरकार गठनका विषयमा छलफल गर्न आइतबार बसेको सत्ता गठबन्धनको बैठक पनि निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकमा दलहरूको अडान कायमै रहेपछि छलफल निष्कर्षविहीन बनेको हो ।
गठबन्धनभित्र पहिला को प्रधानमन्त्री बन्ने भन्ने विषय कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच सहमति जुट्न सकेको छैन । बैठकपछि सञ्चार मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन जोगाउनु अहिलेको आवश्यकता भएको भन्दै प्रधानमन्त्रीले निरन्तर छलफल गरेर निष्कर्षमा पुराउने जानकारी दिए । उनले अन्तिम समयसम्म सहमति हुने दाबी गरे । सरकार गठनका विषयमा सबै कोणबाट छलफल भएको बताए । 'गठबन्धन मुलुकको आवश्यकता हो । छलफल जारी छ,' उनले भने, 'केही समयपछि फेरि बैठक सुचारु हुन्छ । आन्तरिक छलफल जरुरी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा निष्कर्षमा पुर्याउने विश्वास छ ।'
गठबन्धनको बैठकपछि गठबन्धनका दलहरू आन्तरिक छलफल जुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको समयसीमा आइतबार साँझ ५ बजे सकिने भए पनि दलहरूबीच सरकार गठनबारे सहमति हुन सकेको छैन ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया