सौतेनी छाेरा फरहानको वेब सिरिज खेल्दै शबाना

मुम्बई - अभिनेत्री शबाना आजमीले अभिनयमा सक्रिया देखाएकी छिन् । निर्माता करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’मा अभिनय गरेकी शबाना छोरा फरहानसँग रितेश सिधवानीको एक्सेल इन्टरटेनमेन्टले बनाउन लागेको वेब सिरिजमा सहकार्य गर्न लागेकी हुन् । शबाना फरहानकी सौतेनी आमा हुन् । जावेद अख्तरले शबानासँग दोस्रो विवाह गरेका हुन् ।
यो वेब सिरिजको निर्देशन ‘मार्गरिटा विद ए स्ट्रा’ फेम सोनाली बोसले निर्देशन गर्नेछिन् । सिरिजको लागि सोनालीको पहिलो रोजाइ शबाना नै थिइन् । उनले फरहानलाई यही कुरा बताएपछि फरहानले शबानासँग कुरा गर्न अनुमति दिएका थिए । तर, सिरिजका लागि शबानाको समय तालिका मिलाउन केही समस्या देखिएको बताइएको छ । सूत्रकाअनुसार शबाना स्टिवन स्पिलबर्गको ‘हेलो सीजन २’मा व्यस्त छिन् ।
‘समय नजुधोस् भनेर शबानाले प्रयास गरिरहेकी छन् । शबानाले हेलो सीजन २’मा शोनालीको वेब सिरिजमा जोडिनुअघि नै काम सुरु गरिसकेकी थिइन् । तर, शबाना शोनालीसँग काम गर्न जति उत्साहित छिन्, त्यति नै छोरा फरहानसँग दोस्रो पटक काम गर्न पाउँदा छिन्,’ सिरिजका एक सदस्यले भनेका छन् ।
शबानाले यसअघि फरहानका साथ ‘पोजेटिभ’ नामक सर्ट फिल्ममा अभिनय गरेकी थिइन् । यो फिल्मको निर्देशक फरहानले नै गरेका थिए । फिल्ममा उनको को–स्टार बोमन इरानी थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया