मनाङका जनताले मुख्यमन्त्री गुरुङविरुद्ध जान नदिएकोले बैठकमा आइनँः 'मनाङे'
पोखराः गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) ले मनाङका जनताले मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङविरुद्ध जान नदिएकोले आफू संसद्मा उपस्थित नभएको प्रतिक्रिया दिएका छन् । ‘मनाङका जनताले गुरुङ सरकारविरुद्ध जान नदिएकाले बैठकमा आइनँ,’ इकागजसँग उनले भने ।
गण्डकी प्रदेश सभामा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वाश प्रस्तावमा मतदान हुने तयारी भइरहदा उनी संसद्मा उपस्थित छैनन् । संसदको कार्यसूची अनुसार आज अविश्वासमा मतदान हुँदैछ । २०७६ मा नेकपा प्रवेश गरेका मनाङेले अहिले आफूलाई स्वतन्त्र सांसद बताउँदै आएका छन् ।

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने

हत्या अभियोगमा दुई जना पक्राउ

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

प्रतिक्रिया