भारतीय र चिनियाँलाई नेपाल आउन दुई शर्त : पीसीआर रिपोर्ट र होटल बुक गरेको प्रमाण

काठमाडौं : १० दिन क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गर्ने शर्तमा भारतीय र चिनियाँ नागरिक नेपाल प्रवेश गर्न पाउने भएका छन् । स्थलमार्गबाट आउने नागरिकलाई यो शर्त अनिवार्य गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
त्यसरी नेपाल आउने नागरिकले यात्रा गर्नु अघि स्वाब संकलन भएको ७२ घण्टाभित्रको कोभिड-१९ नेगेटिभ प्रतिवेदन भने बुझाउनुपर्ने उल्लेख छ ।
हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुको हकमा समेत सोही नियम लागू हुने बताइएको छ । हवाई मार्गबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकले यात्रा गर्नु अघि स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड-१९ नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने र प्रवेश गरेपछि १० दिन अनिवार्य रूपमा होटल वा होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णयमा उल्लेख छ।
होटल वा होम क्वारेन्टिनमा बसे नबसेको सम्बन्धमा जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र र स्थानीय तहले अनुगमन गरी कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र र गृह मन्त्रालयमा नियमित प्रतिवेदन गर्ने निर्णयमा भनिएको छ। विमानस्थलमा मात्र ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति रोकिएको छ। यस अघि नेपाल प्रवेश गरिसकेका विदेशी नागरिकले भने नेपालबाट हवाई वा स्थलमार्गबाट प्रस्थान गर्न चाहेमा प्रस्थान गर्न दिने भनिएको छ।

करदाता शिक्षाले गर्दा गत आवमा काभ्रेमा ९ प्रतिशत कर सङ्कलनमा वृद्धि

कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

वीरगञ्ज नाकाबाट २ हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात

राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरुद्ध मुद्दा दायर

काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड रुपैयाँ बराबारको सामान आयात

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

प्रतिक्रिया