कर्णालीमा अब को बन्ला मुख्यमन्त्री ?

सुर्खेत- संघीय सरकारमा माओवादीलाई एमालेले साथ दिए लगत्तै कर्णाली प्रदेशमा समेत सत्ता समीकरण फेरबदल हुने भएको छ ।
केन्द्रमा गठबन्धन टुटेसँगै प्रदेशमा पनि स्वतः सत्ता समीकरण फेरिने नेकपा (माओवादी केन्द्र) इन्चार्ज कालीबहादुर मल्लले बताए । नेकपा विभाजनको केन्द्रविन्दु बनेको कर्णालीमा एमालेबाट यामलाल कँडेल मुख्यमन्त्रीका लागि सम्भावित उम्मेदवार हुने आकलन सुरु भएको छ ।
कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्ने इन्चार्ज मल्लले बताए । केन्द्रमा सरकारको नेतृत्व माओवादीले पाएसँगै कर्णालीमा एमालेले नेतृत्व पाउन सक्ने आकलन पनि गरिएको छ । एमाले भन्दा माओवादीको सिट धेरै भएकाले पनि कर्णालीमा माओवादी नेतृत्वमा सरकार बन्ने नेताहरू बताउँछन् ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादीको १३ र एमालेको १० गरी २३ सिट हुन्छ । राप्रपा पनि सरकारमा गए २४ सिट हुनेछ । कर्णालीमा सरकार बनाउन २१ जना सांसद आवश्यक पर्छ ।
माओवादीबाट रुकुम पश्चिमका राजकुमार शर्मालाई सम्भावित मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको छ । सुर्खेतका विन्दमान विष्टको पनि चर्चा कायमै छ ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया