बागमतीमा नवनियुक्ति तीन मन्त्री र एक एक राज्यमन्त्रीले लिए शपथ

हेटौंडाः बागमती प्रदेश सरकारमा आज ३ जना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा रिक्त तीन मन्त्रालय र एक मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त तीन मन्त्रीहरू केशव पाण्डे, सरेश नेपाल र सरस्वती बस्नेतलाई बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले आजै शपथ खुवाएका छन् ।
यस्तै प्रदेशको सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएका डा. रामकुमार अधिकारीलाई मुख्यमन्त्री पौडेलले शपथ खुवाएका हुन् । उनीहरूको शपथ सँगै बागमती प्रदेश प्रमुख विष्णु प्रसाईले मन्त्रीहरूको कार्यविभाजन तोकेका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरस्वती बस्नेत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा सरेश नेपाल र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा केशव पाण्डेलाई जिम्मेवारी तोकिएको हो । यस्तै राज्यमन्त्रीमा सपथ लिएका डा. रामकुमार अधिकारीले सामाजिक विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रदेशमा अन्य मन्त्रीहरू भने यथावत रहेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र आर्थिक मामिला तथा योजना मन्त्रीमा कैलास ढुंगेल छन् ।

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

मुस्ताङको घरपझोङ स्वास्थ्य शिविरमा तीन सय ५३ जना लाभान्वित
जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा डा तिवारी
_LWu4ptiVKj_pauqh44cefajkmvce8yrjuzckcq0tsn78z6nkdkehaleobyjgbhp7ms5rzan_murgrS1pTF_iaqyminplsn8oy5p6c33zacvkqft09oxm4bpefktdknxnxxnu7xnulo83cmh.jpg)
पालिकास्तरीय अस्पताल भवन अलपत्र

उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात

प्रतिक्रिया