नेपाल सुपर लिग : चितवनको अर्को बराबरी

काठमाडौँ: नेपाल सुपर लिग (एनएसएल) मा बुधबार एफसी चितवन र बुटवल लुम्बिनी एफसीले २-२ को बराबरी खेलेका छन् । चितवनले सुरुवाती २० मिनेटमा दुई गोल गरे पनि अग्रता जोगाउन नसक्दा अंक बाढ्न बाध्य भयो ।
यसअघि ललितपुर सिटी एफसीसँग बराबरी खेलेको चितवनले दुई खेलबाट दुई अंक बनाएको छ । उता बुटवल लुम्बिनीको दुई खेलबाट चार अंक भएको छ । बुटवल लुम्बिनीले पछिल्लो खेलमा पोखरा थन्डर्सलाई २-० ले पराजित गरेको थियो ।
दशरथ रंगशालमा भएको खेलमा जर्ज प्रिन्स कार्कीले १५ औँ मिनेटमा गोलको खाता खोले । त्यसको चार मिनेट पछि नै चितवनले अग्रता दोब्बर बनायो । गोल गर्ने खेलाडी थिए टेक बहादुर बुढाथोकी ।
बुटवल लुम्बिनी ३२ औँ मिनेटमा अशिष लामाको गोल मार्फत खेलमा फर्कियो । त्यस्तै लक्ष्मण रुचालले ६५ औँ मिनेटमा बुटवल लुम्बिनीलाई २–२ को स्थितीमा पु¥याए । चितवनले दोस्रो हाफमा केही राम्रा आक्रमण बुने पनि खेलमा पुनः अग्रता बनाउन सकेन ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया