गण्डकी प्रदेश सभा बैठक स्थगित, शाहीको खोजी गर्न जनमोर्चाको माग

काठमाडौँ : गण्डकी प्रदेशसभाको वैठक स्थगित भएको छ । सभामुख नेत्रबहादुर अधिकारीले बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएका हुन् । जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिएको निवेदनका आधारमा सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो ।
दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको अरोप एमालेले लगाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसद किनबेचको आरोप लागिरहेको बेला शाही अज्ञात रहेको भन्दै जनमोर्चाले उनलाई खोजी गर्न आग्रह गरेको हो ।
कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाको गठबन्धनले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । तर, जनमोर्चाकै सांसद नआएपछि विपक्षी सांसद सशंकित भएका हुन् । शाहीको सचिवालयले भने शाही बिरामी भएर अस्पताल भर्ना भएको जनाएको छ ।

देश स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढ्यो : प्रधानमन्त्री ओली

एमालेका युवाहरू सकिए भन्नेहरूलाई बैशाख ११ गते देखाउँछौं : प्रधानमन्त्री ओली

दमकमा जागरण सभा आज, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

नेपालमा राजतन्त्रको सम्भावना छैन : प्रकाशशरण महत

मुलुकको विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको छ : उद्योगमन्त्री भण्डारी

शिक्षकले आफ्ना समस्या मात्र हैन, देशको आर्थिक अवस्थालाई हेरेर विचार गर्नुपर्छ : …

बेलायती सभामुखसँग नेपाली राजदूत घिमिरेको शिष्टाचार भेट

प्रतिक्रिया