ट्रली बसको गुहार ‘मलाई बचाउनुस्, म नै भविष्य हुँ’

‘मलाई बचाउनुस्, म नै भविष्य हुँ’ भन्दै छन् काठमाडौँ, मीनभवनस्थित ट्रली बस । हत्या गरिएका तर, सनाखत नगरिएका ट्रली बसका लासहरूलाई न महानगरपालिकाले वास्ता गर्यो, न त यातायात विभागले । यसरी प्यारो ट्रली बसको अल्पआयुमै हत्या भयो ।
२०३३ पुस १३ गते जन्मिएको प्यारो ट्रली बसको २०६६ कार्तिकमा दर्दनाक हत्या भयो । दिनहुँ आठ हजारदेखि १५ हजार मानिसहरूलाई गन्तव्य पु¥याउने ट्रली बस आज आफैँ बेसहारा बनेका छन् । ट्रली बसका पार्टपुर्जाहरू यत्रतत्र लडाइएका छन्, फ्याँकिएका छन् ।
ट्रली बस– एउटा बस हो, जुन दुई ‘ओभरहेड’ तारहरूद्वारा विद्युतीय रूपमा संचालित हुन्छ । सुरुमा राजा महेन्द्रले सन् १९७२ मा चीन सरकारसँग ट्रली बस प्रणालीका लागि वार्ता गरेका थिए । तर, यो प्रणाली उनका उत्तराधिकारी राजा वीरेन्द्रको पालामा मात्रै लागू भएको थियो ।
सन् १९७५ मा राजा वीरेन्द्रको समयमा चीनको ४ करोड रुपैयाँ अनुदानमा २२ वटा ट्रली बस भित्रिएका थिए । ती ट्रली बस काठमाडौँदेखि भक्तपुरसम्म १३ किलोमिटर चल्थे । नेपालमा ट्रली बसको पहिलो मोडल शाङ्घाइ एसके ५४१ थियो । नेपालमा पहिलो पटक यातायातका लागि विद्युत प्रयोग गरिएको थियो ।
ट्रली बसले त्रिपुरेश्वर, मीनभवन, अरनिको राजमार्ग, चक्रपथ, कोटेश्वर, लोकन्थली, मध्यपुरथिमी, सल्लाघारी हँुदै सूर्यविनायकसम्म परिक्रमा गथ्र्यो । फेरि सन् १९९७ मा दश ओटा नयाँ मोडेल बसहरू चीनले नेपाललाई सहयोग गरेको थियो । तर, लगातारको गडबडी, मर्मतसम्भार, आर्थिक र राजनीतिक समस्या, ओभरहेड तारको चोरी र लगानी अभावका कारण सन् २००१ देखि २००३ सम्म ट्रली बस सेवा सञ्चालन पूर्ण रूपमा बन्द थियो । सन् २००८ मा जम्मा पाँचवटा ट्रली बसहरू सञ्चालनमा थिए । ती सबै शाङ्घाइ एसके ५४१ गाडीहरू थिए ।
३३ वर्ष पुगिसकेका ती गाडीहरू मर्मत गर्दै सञ्चालनमा ल्याइएको थियो । कमजोर प्राविधिक विशेषज्ञता र अयोग्य परिचालन नीतिका कारण आज ट्रली बसको अवशेष मात्र बाँकी छ । करिब दुई वर्षपछि काठमाडौँ, मध्यपुर थिमी र भक्तपुर नगरपालिकाले सेवा सुचारु गर्न सहमति गरेपछि ट्रली बस पुनः सञ्चालनमा आएको थियो । तर, सेवाले यात्रुहरूलाई आकर्षित गर्न सकेन ।
मध्यपुर थिमी र भक्तपुर नगरपालिकाले एक वर्षभन्दा कम समयमै यो योजनाबाट बाहिरिए । उनीहरूले मासिक २० लाख रुपैयाँसम्म घाटा बेहोर्नुप¥यो । फलस्वरुप, लाइन त्रिपुरेश्वर र तिनकुनेबीच मात्रै सीमित भयो । सहर सीमाबाहिरका अधिकांश तारहरू हटाइयो । ट्रली बस सेवा अन्ततः नोभेम्बर, २००८ मा समाप्त भयो ।
अरनिको राजमार्ग फराकिलो बनाउने आयोजनाले तार कार्यका सपोर्ट पोल हटाइयो र सेवा बन्द भयो । चक्रपथमा ट्रली बस चलाउनका लागि आह्वान भए पनि योजना कहिल्यै साकार हुन सकेन । अनि ट्रली बसहरू लोप भए ।
मेयर बालेन शाहले काठमाडौँ महनगरपालिकामा फुुटपाथमा व्यापारीलाई किनारा लगाउँदैछन् । काठमाडौँ नगरपालिका ‘सफा’ गर्दैछन् । यसरी नै ट्रली बस पनि बिस्तारै ‘सफा’ हुनेछ । एउटा पक्षबाट हेर्ने हो भने महानगरपालिकाकै कमजोरीका कारण ट्रलिबसको लोप भएको हो । निमुखा र गरिब जनताको जिविका मुस्किल बनाएर मात्र होइन आफ्नै विवेकले बिग्रेको काम सपार्नु पनि पर्छ ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया