गण्डकीको विषयमा कांग्रेसले भन्यो : तन्दुरुस्त मान्छेलाई उपचारको नाममा बन्दी बनाउने ?
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीलाई सरकारले नै बन्दी बनाएको भन्दै आपत्ति जनाएका छन् । आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका सांसद शाही अनुपस्थित भएपछि उनको खोजी सुरु भएको हो । उनको सचिवालयले उनी बिरामी भएकोले पोखराकै चरक मेमोरियल अस्पतालमा भर्ना भएको जनाएको छ । तर, हिजो मात्रै पीसीआर परीक्षण गराएका शाहीको रिपोर्ट भने नेगेटिभ आएको छ । प्रवक्ता शर्माले कोभिड रिपोर्टसहित सरकारले गुण्डागर्दी गरेर सांसदलाई बन्दी बनाएको आरोप लगाएका छन् ।
‘यो हेर्नुस् गण्डकी प्रदेश सांसद खिमबिक्रम शाहिको कोभिड परिक्षण नेगेटिभ आएको रिपोर्ट ! स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आइसियुमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ? उपचारका नाममा बन्दि ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दि ?’ शर्माले ट्वीटरमा लेखेका छन् ।
@PM_Nepal यो हेर्नुस् गण्डकी प्रदेश सांसद खिमबिक्रम शाहिको कोभिड परिक्षण नेगेटिभ आएको रिपोर्ट !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 28, 2021
स्वस्थ,तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आइसियुमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ? उपचारका नाममा बन्दि ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दि ? pic.twitter.com/GFCSssjC6I

वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गरौः महामन्त्री थापा

सत्ताले हाम्रो कुरा सुनेनः प्रवक्ता झा

‘सङ्घीयतालाई बलियो बनाउन सङ्घीय कानुन निर्माण भइरहेको छ’

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर…

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्री ओलीको आग्रह

अब काठमाडौँमा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : खानेपानीमन्त्री यादव

प्रतिक्रिया