सार्वजनिक सम्पत्ति हानिनोक्सानीमा तीन वडासचिवविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

खोटाङ- सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालीन तीन वडासचिवविरुद्ध आरोप–पत्र दायर गरेको छ ।
सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको दाबीसहित परेको उजुरीका आधारमा अख्तियारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका तत्कालीन वडा सचिव मोहनप्रसाद आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठविरुद्ध कसुर सजाय र विगो असुलउपरको माग दाबीसहित सोमबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।
तीन जना विरुद्ध २०७४/०७५ र २०७५/०७६ मा सामाजिक सुरक्षाभत्ता वितरणमा दोहोरो पर्नेगरी, मानिस नै नभएको, मृत्यु भइसकेको, अभिलेख नै नभएको तथा बसाईसराई गरी अन्यत्र गएका व्यक्तिको समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाई बनाएर हिनामिना गरेको उजुरी परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०७४/०७५ को पहिलो चौमासिक किस्तामा नौ जना लाभग्राहीको नाम देखाएर ५५ हजार २०० हिनामिना गरेको दाबीसहित आचार्य उपर सो रकम बिगो कायम गरी असुल उपर गर्न माग दाबी गरिएको छ ।
यस्तै, जानुकाबाट आर्थिक वर्ष २०७४/०७५ को दोश्रो किस्तादेखि आर्थिक वर्ष २०७५/०७६ को दोश्रो किस्तासम्ममा ३० जनाको नाममा झिकेर हिनामिना भएको एक लाख ७७ हजार ६०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता असुलउपर गर्न दाबी गरिएको छ । पवनमाथि आर्थिक वर्ष २०७५/०७६ को तेश्रो किस्तामा सात जनाको नाममा निकासा गरिएको ३५ हजार २०० रुपैयाँ सामाजिक सुरक्षाभत्ता हिनामिना गरेको आरोप छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया