कांग्रेस सहमहामन्त्री मनोनित भए सूर्यबहादुर पुत्र सुनिल
प्रतिनिधिसभामा केसीको स्थानमा पाण्डेलाई पठाउने

काठमाडौं : पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा पुत्र सुनिलबहादुर थापा नेपाली कांग्रेसको सहमहामन्त्री मनोनित भएका छन् । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पूर्वमन्त्री थापालाई सहमहामन्त्रीमा मनोनित गर्ने निर्णय गरेको हो ।
केन्द्रीय समितिले उनीसँगै कांग्रेस प्रवेश गरेका अन्य ६ नेतालाई केन्द्रीय सदस्य र ३ नेतालाई आमन्त्रित केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
विज्ञप्तिका अनुसार रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), वावुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), र टि.एन. योगी (ललितपुर) केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । त्यस्तै दिलिप राई (झापा), आशाराम चौधरी (कैलाली) र राजेशबहादुर सिंह (कपिलवस्तु)लाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
सुनिल राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर गत साउन १३ गते समूहसहित कांग्रेसमा प्रवेश गरेका थिए । थापा २०७० मा भएको संविधानसभा निर्वाचनमा धनकुटाबाट निर्वाचित भएका थिए । उनी तत्कालिन कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारमा उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए ।
प्रतिनिधिसभामा केसीको स्थानमा पाण्डेलाई पठाउने
बैठकले प्रतिनिधिसभाका समानुपातिक तर्फका सदस्य सूर्यबहादुर के.सी. को स्थानमा मोहनप्रसाद पाण्डेलाई पठाउने निर्णय पनि गरेको छ । केसीको केही दिन अघि निधन भएको थियो ।
पाण्डेको कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सामानुपातिकको वन्दसूचीको क्र.स. १२ मा खस आर्य समूहतर्फ नाम थियो । पार्टी निर्णय कार्यान्वयनका लागि निर्वाचन आयोगमा पत्र पठाउने निर्णय पनि कांग्रेसले गरेको छ ।

जंगल क्षेत्रले ओगटयो नेपालको कुल भूमिको ४६.८ प्रतिशत, नक्सा सार्वजनिक
_4EaCAKx7Zh_meho2bin0tppgpkufy9zz5ehxm06nycxpom4lnmvqclnibdzfzciso1m4l5d_Cx08loELME_1rqvulhchw5vkbvzerc1ojwaerdsdt0liwq49vs7dqh77wdva60purtxsdbh.jpg)
मधेसमा खानेपानी र सिँचाइको समस्या समाधान छलफल

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

एमाले केन्द्रीय समिति बैठक आज पनि

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

वी.पी.स्मृति अस्पतालद्वारा ४३ औँ वी.पी.कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित…

प्रतिक्रिया