गण्डकी प्रदेश सभाः कार्यव्यवस्था समितिको बैठक बोलाएर सभामुख सम्पर्कविहीन

पोखरा : राष्ट्रिय जनमोर्चाका एक सांसद सम्पर्कविहीन भएपछि गण्डकी प्रदेश सभाको आजको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । जनमोर्चाले आफ्ना सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै निवेदन दिएपछि बैठक स्थगित भएको हो । जनमोर्चाकी सांसद पियारी थापाले दिएको निवेदनका आधारमा बैठक अनिश्चितकालका लागि सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो ।
संसद स्थगित भएपछि सभामुख नेत्रनाथ अधिकारी आफैं सम्पर्कविहीन भएका छन् । बैठक स्थगित गरेपछि राखिएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख नै आएका छैनन् । एक एमाले सांसदअनुसार उनी बैठक राखे पनि आफैं गायब छन् । ‘बैठक स्थगित गरेर सभामुख नै गायब हुनुभएको छ,’ती सांसदले भने । अहिले कार्यव्यवस्था समितिको बैठक बसिरहेको छ । कार्यव्यवस्थाको बैठक राखे पनि सभामुख आफैँ सम्पर्कविहिन भएका छन् ।

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने

हत्या अभियोगमा दुई जना पक्राउ

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

प्रतिक्रिया