महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

काठमाडौँ- सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता पदमा दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शपथ ग्रहणसँगै आवश्यक राजनीतिक नियुक्तिको प्रक्रिया सुरु गरेका थिए ।
नवनियुक्त महान्यायाधिवक्ता पोखरेलले आजै शपथ लिने बताइएको छ । सर्वोच्च अदालतको न्यायाधीशको दाबेदार रहेका पोखरेल लामो समयदेखि माओवादी केन्द्र निकट छन् । यसअघिका महान्यायाधिवक्ता खम्बबहादुर खातीले सोमबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गरेका हुन् ।
प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेकाे छ ।
महान्यायाधिवक्तामा रामनारायण बिडारी, तुलसी भट्ट, रमणकुमार श्रेष्ठको नाम चर्चामा थियो ।
* यसअघि प्रकाशित समाचारमा प्रधानमन्त्रीकाे सिफरिसमा महान्यायाधिवक्ता नियुक्त हुनुपर्नेमा अन्यथा पर्न गएकाेमा सच्याइएकाे छ ।

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया