नयाँ सरकारलाई बधाई दिँदै अमेरिकाले भन्यो : नेपाललाई सहयोग गर्न सधैं तत्पर

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई दिएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै अमेरिकाले दाहाललाई बधाई दिएको हो।
विज्ञप्तिमा भनिएको छ - 'नेपाल – नेपालको सङ्घीय निर्वाचनमा विजय हासिल गरेकामा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँको गठबन्धनलाई संयुक्त राज्य अमेरिका बधाई ज्ञापन गर्दछ ।
उनको गठबन्धनलाई संयुक्त राज्य अमेरिका बधाई ज्ञापन गर्दछ । नेपालसँग बलियो र चिरस्थायी सम्बन्ध रहिआएकोबारे हामीलाई गर्व छ र हामी दिगो आर्थिक वृद्धि हासिल गर्ने र लोकतन्त्र तथा मानव अधिकारको सुदृढीकरण गर्ने जस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्त्वका मुद्दाहरूको प्रवर्द्धनमा नेपाल सरकारसँगै उभिन जारी राख्नेछौँ ।
लोकतन्त्रप्रति नेपालको प्रतिबद्धता विश्वभरका मुलुकहरूका निम्ति उदाहरणीय छ र हामी यससँग सम्बद्ध सबैको प्रशंसा गर्दछौँ । नेपालले आफ्ना लोकतान्त्रिक परम्पराहरूलाई गहिराइ प्रदान गर्न जारी राख्दै गर्दा नेपाललाई मद्दत गर्न हामी तत्पर छौँ ।'

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया