मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

नयाँ सरकारलाई जापानी प्रधानमन्त्रीको शुभकामना सन्देश

फाइल तस्वीर

काठमाडौँ - सोमबार गठन भएको नयाँ मन्त्रिमण्डललाई जापानले बधाई दिएको छ । मंगलबार जापानका प्रधानमन्त्री फुमियो किसुदाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई शुभकामना सन्देश पठाएका हुन् ।

शुभकामना सन्देशमा जापान सरकारले दुई देशबीचको द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवर्द्धन गर्न र नेपालको सामाजिक र आर्थिक विकासमा सहयोग गर्न नेपाल सरकारसँग थप काम गर्न तत्पर रहेको  जनाएको छ  ।