गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

पोखरा- गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही पुस १८ गते ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ गराउने तयारी छ । अघिल्लो दिन पुस १३ मा प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ खाने छन् । उनलाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास सिमलचौरमा शपथ गराउने कार्यक्रम रहेकाे छ ।
नेपालको संविधानको धारा १८२(५) र प्रदेश सभा निर्वाचन ऐन, २०७४ को दफा ७५(१) बमोजिम प्रदेश प्रमुखले निर्वाचित प्रदेश सभाका ज्येष्ठ सदस्यलाई शपथ गराउने प्रावधान छ । बस्यालको शपथपछि उनले प्रदेश सभा भवन नदीपुरमा अन्य ५९ नवनिर्वाचित सांसदलाई शपथ खुवाउने तयारी छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो पार्टी कांग्रेस हो । जसमा २७ सिट कांग्रेस, २२ सिट एमाले, ८ सिट माओवादी, २ सिट राप्रपा र १ सिट एकीकृत समाजवादीको छ । मनाङबाट स्वतन्त्र रूपमा निर्विरोध राजीव गुरुङ (दीपक मनाङे) पछि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

प्रतिक्रिया