पोखराको जितमा नायक बने नवयुग

काठमाडौँ : काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) मा बुधबार पोखरा थन्डर्सले विराटनगर सिटी एफसीलाई १-० ले पराजित गरेको छ । खेलको एक मात्रै गोल नवयुग श्रेष्ठले गरे । जितसँगै पोखराले लिगमा पहिलो पटक तीन अंक बटुल्यो ।
लिगको पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग हारेको पोखरालाई जिताउन नवयुगले ८३ औँ मिनेटमा हेडर गोल गरेका थिए । पहिलो खेलमा धनगढी एफसीलाई पराजित गरेको विराटनगरले दोस्रो खेलमा सन्तोषजनक खेल देखाउन सकेन ।
बुधबार दुई खेल भएसँगै एनएसएलमा दोस्रो चरणका खेल सकिएका छन् । बिहीबार एक खेल हुनेछ । जसमा ललितपुर एफसी र धनगढी एफसी आमनेसामने हुनेछन् । ललितपुरले लिगमा जित दर्ता गर्न सकेको छैन । उता धनगढीले दुई खेलमध्ये एकमा जित हासिल गरेको छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया