आईसियूमा रहेका सांसद भेट्न मुख्यमन्त्री अस्पतालमा

काठमाडौँ : गण्डकी प्रदेश सभाका सदस्य खिमविक्रम शाहीलाई भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्पताल पुगेका छन् । आज बुधबार मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल चलिरहेकै बेला सम्पर्कविहीन भएका शाही पोखराकै चरक अस्पतालमा रहेको खबर बाहिरिएको थियो ।
तर, जनमोर्चाकै सांसद पियारी थापाले आफ्ना सांसदको अवस्था अज्ञात रहेको भन्दै प्रदेश सभालाई थप कारबाही अघि नबढाउन आग्रह गरेपछि सभामुखले अर्काे सूचना प्रकाशन नहुन्जेललाई प्रदेश सभा स्थगित गरेका थिए । अहिले उनै शाहीलाई भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्री किरण गुरुङ चरक मेमोरियल हस्पिटल पुगेका हुन् । मुख्यमन्त्रीलाई अस्पतालले शाहीसँग भेट्न भने दिएन ।

देश स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढ्यो : प्रधानमन्त्री ओली

एमालेका युवाहरू सकिए भन्नेहरूलाई बैशाख ११ गते देखाउँछौं : प्रधानमन्त्री ओली

दमकमा जागरण सभा आज, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

नेपालमा राजतन्त्रको सम्भावना छैन : प्रकाशशरण महत

मुलुकको विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको छ : उद्योगमन्त्री भण्डारी

शिक्षकले आफ्ना समस्या मात्र हैन, देशको आर्थिक अवस्थालाई हेरेर विचार गर्नुपर्छ : …

बेलायती सभामुखसँग नेपाली राजदूत घिमिरेको शिष्टाचार भेट

प्रतिक्रिया