कांग्रेस बागमतीले आज संसदीय दलको नेता पाउने

मकवानपुर - नेपाली कांग्रेस बागमती प्रदेश सभामा संसदीय दलको नेता चुन्न आज मतदान कार्यक्रम हुँदैछ । आज बिहान १० बजेसम्म उम्मेदवारको लागि दरखास्त समय तोकिएको थियो । जसमा उम्मेदवारको रूपमा कांग्रेस प्रदेश साभपति इन्द्र बहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिंह लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँको उम्मेदवारी दर्ताका लागि संसद् प्रभात तामाङ प्रस्तावक रहेका छन् भने समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् । त्यसैगरी लामाको दर्ताका लागि प्रस्तावक कुन्दनराज काफ्ले र समर्थक उर्मिला नेपाल, तिर्थ बहादुर लामा , रमेश कुमार महत र रामकृष्ण चित्रकार रहेका छन् ।
संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरी चुनावी कार्यक्रम सन्चालन गरिरहेको छ ।
दिउँसो २ देखि ३ बजेसम्म मतदान हुने कार्यक्रम तालिका रहेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय परिसरमा निर्वाचनसम्बन्धी कार्यक्रम भइरहेको छ ।
बागमती प्रदेशमा कांग्रेसको ३७ जना सांसद छन् । दलको नेता बन्नका लागि १९ जना सांसदको समर्थन आवश्यक पर्दछ । दुवै पक्षले आ आफ्नो पक्षको तयारी तीब्र पारेका छन् । हिजो मंगलबार लामा र बानियाले आफूपक्षीय सांसदहरूको हेटौंडामा छुट्टाछुट्टै भेला आयोजना गरी आफ्नो शक्ति प्रर्दशन गरेका छन् ।
लामा र बानियाँले निर्वाचनको अघिल्लो दिनबाटै शक्ति प्रदर्शन गरेको र अनावश्यक भोज गरेकोमा भने कार्यकताहरूले नकारात्मक रुपमा टिप्पणी गरेका छन् ।
बानियाँले मकवानपुर २ को २ बाट र लामाले नुवाकोट २ को २ बाट गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य २०७९ को निर्वाचनमा बागमती प्रदेश सभा सदस्य जितेका थिए ।

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

प्रतिक्रिया